Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. समाचार
  3. सडक सम्पर्कले जोडिए बाह्रविसे–तातोपानी
 सडक सम्पर्कले जोडिए बाह्रविसे–तातोपानी
समाचार

सडक सम्पर्कले जोडिए बाह्रविसे–तातोपानी

by वरकाेबाेट संवाददाता July 18, 2024

बाह्रविसे–अरनिको राजमार्गको बाह्रविसे–तातोपानी खण्ड बिहीबार सडक सम्पर्कले जोडिएको छ ।

भोटेकोसी नदीमा ह्युम पाइप राखेर टुटेको सडक सम्पर्क अस्थायी रुपमा जोडिएको हो । भारी वर्षाका कारण आएको बाढीले बाह्रविसे नगरपालिका–३ स्थित खागदलमा रहेको मोटरेवल पुल (बेलिब्रिज) सोमबार बगाएको थियो ।

चार दिनपछि अस्थायी संरचनाले टुटेको सडक सम्पर्क जोडिएपछि सवारी साधन चल्न थालेका छन् । बाह्रविसे नगरपालिकाको नेतृत्वमा सडक जोडिएको हो । नगरको स्रोत, साधन प्रयोग गरेर अस्थायी सडक संरचना बनाइएको नगर प्रमुख बालकृष्ण बस्नेतले बताए ।

ह्युम पाइको अस्थायी संरचना बनाउन सडक डिभिजन कार्यालय र सुरक्षा निकायले सघाएको बस्नेतले जनाए । बगाएको पुलका सामाग्री जुटाउन नेपाली सेनाले सहयोग गरेको थियो । ‘पछि काम लाग्न सक्ने ठानेर पुलका पार्टपूर्जा फुकालेर सुरक्षित राखेका हौँ,’ प्रमुख बस्नेतले भने ।

सडक सञ्चालनमा आएपछि तातोपानी भन्सार यार्ड र सडकमा अलपत्र परेका चिनियाँ सामाग्रीले भरिएका कन्टेनरसहित दर्जनौँ सवारी साधन पार भएका छन् । पुल बगाउँदा तातोपानी नाकाबाट हुने आर्थिक कारोवार प्रभावित हुन पुगेको थियो ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.