Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. मालिकादेवी कप : अन्तिम आठको समीकरण पूरा
 मालिकादेवी कप : अन्तिम आठको समीकरण पूरा
खेल समाचार

मालिकादेवी कप : अन्तिम आठको समीकरण पूरा

by वरकाेबाेट संवाददाता October 23, 2024

सिन्धुपाल्चोक-चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौरमा जारी चौथो संस्करणको मालिकादेवी कपको अन्तिम आठमा पुग्ने  टोलीको टुंगो लागेको छ ।

मेलचौरस्थित दरबारडाँडा मैदानमा बुधबार प्रि–क्वाटरफाइनलका अन्तिम चार खेल सम्पन्नभएसँगै क्वाटरफाइनल समीकरण पुरा भएको हो।

बुधबारको प्रिक्वाटरफाइनलका खेल जित्दै वारियर्स एफसी झापा, सुनकोसी बी, चौतारा स्पोर्टिङ क्लब र रोयल फेमेली चौताराले अन्तिम आठमा स्थान बनाएका हुन् । यसअघि मंगलबार चार टोलीले क्वाटरफाइनलको ढोका खेलेका थिए ।

बुधबार भएको पहिलो खेलमा वारियर्स एफसीले स्याउले टिम शिल्डलार्ई २–१ गोलले हरायो भने दोस्रो खेलमा सुनकोसी बीले साँगाचोक युथ क्लवलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले पराजित गर्यो । यो खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा सुनकोसी भाग्यमानी ठहरियो ।

दिनको तेस्रो खेल चौतारा स्पोर्टिङ क्लबले सिंहमती युब क्लब कुञ्चोकलाई ३–० ले पराजित गर्दै सहज जित दर्ता गर्दा अन्तिम खेलमा रोयल फेमेलीले रानीटार युवा क्लबलाई ३–० गोलले नै हराउँदै अघि बढ्यो ।

वारियर्सका प्रतिक लामा, सुनकोसीका प्रेमबहादुर तिमल्सिना, चौतारा स्पोर्टिङका सन्दिप कार्की र रोयलका सुनिल गोले म्यान अफ द म्याच भए । उनीहरुले नगद १ हजार रुपैयाँका साथ ट्रफी पुरस्कार पाए ।

बिहीबार क्वाटरफाइनलका चारै खेल हुने छन् । पहिलो खेल सुकुटे युवा जागरण मन्च र राई एफसीबीच बिहान ११:४५ बजे हुँदा दोस्रो खेलमा वारियर्स एफसी र सुनकोसी बी दिउँसो १ बजे प्रतिस्पर्धा गर्ने छन् ।

चौतारा स्पोर्टिङ क्लब र पोखरे युवा समाजबीच दिउँसो २:४५ बजे सेमिफाइनलमा स्थानका लागि भिडन्त हुँदा अपराह्न ४ बजे साविक विजेता रोयल फेमेलीले बलियो टोली धार्पा युवा क्लब बाह्रविसेको सामना गर्ने छ ।

मेलचौर युवा जागरण समाजले आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनल शुक्रबार र फाइनल शनिबार हुनेछ। आयोजक जागरण समाजका अनुसार विजेताले उपाधिका साथमा नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाउने छन् ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.