Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. चौथो मालिकादेवी कप : यस्तो छ सेमिफाइनल समीकरण
 चौथो मालिकादेवी कप : यस्तो छ सेमिफाइनल समीकरण
खेल समाचार

चौथो मालिकादेवी कप : यस्तो छ सेमिफाइनल समीकरण

by वरकाेबाेट संवाददाता October 24, 2024

फाइनल प्रवेशका लागि चौतारा स्पोर्टिङ र धार्पा तथा राई एफसी र सुनकोसी भिड्ने

सिन्धुपाल्चोक-चौथो मालिकादेवी कपमा अन्तिम चारको समीकरण पूरा भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौरमा बिहीवार क्वाटरफाइनलका चार खेल भएसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको हो।

स्थानीय दरबारडाँडा मैदानमा भएको पहिलो क्वाटरफाइनलमा सुकुटे युवा जागरण मञ्चलाई १–० गोलले स्तब्ध पार्दै पूर्वेली टोली राई एफसीले सेमिफाइनलमा स्थान पक्का गरेको हो । राई एफसीका रसिस रञ्जितकार म्यान अफ द म्याच बने।

मालिकादेवी कप : अन्तिम आठको समीकरण पूरा

मालिकादेवी कप : चार टोली क्वाटरफाइनलमा

चौथो मालिकादेवी कप : पहिलो दिन चार टोलीको विजयी सुरुवात

दोस्रो खेलमा सुनकोसी बी बलियो वारियर्स एफसीलाई पेनाल्टी सुटआउटमा २–१ गोलले पन्छाउँदै अघि बढेको हो । निर्धरित समयको खेलमा दुबै टोलीबाट समान १ गोलको बराबरी भएपछि खेलको निर्णय पेनान्टीबाट लिँदा सुनकोसीले बाजी मार्यो । सुनकोसीका आदेश सिवाकोटी म्यान अफ द म्याच चुनिए ।

तेस्रो क्वाटरफाइनलमा चौतारा स्पोर्टिङ क्लब पोखरे युवा समाजलाई एकतर्फी ५–० गोलको वर्षा गर्दै अन्तिम चारमा पुग्यो । चौताराका कृष सापकोटा म्यान अफ द म्याच घोषित भए ।

अन्तिम खेलमा रोयल फेमेलीलाई २–० ले पराजित गर्दै धार्पा एफसी सेमिफाइनलमा प्रवेश गरेको हो। साविक विजेता रोयल यो पटक क्वाटरफाइनलबाटै बाहिरियो । धार्पाले रोयलविरुद्ध दुबै हाफमा समान १ गोल गरेको थियो । धार्पाका सागर तामाङ म्यान अफ द म्याच भए ।

म्यान अफ द म्याच बिजेताले नगद १ हजार रुपैयाँ र ट्रफी पुरस्कार प्राप्त गरे । प्रतियोगिताको सेमिफाइनलका दुबै खेल शुक्रबार हुनेछन्।

पहिलो सेमिफाइनलमा राई एफसी र सुनकोसी बीबीच प्रतिस्पर्धा हुने छ । यो खेल दिनको दुई बजे सुरु हुने छ । अर्को सेमिफाइनलमा बलियो दुई टोली स्पोर्टिङ र धार्पा भिड्ने छन् । यो खेल दिउँसो साढे ३ बजे हुने छ।

मेलचौर युवा जागरण समाजले आयोजना गरेको सेभेन ए साइड फुटबल प्रतियोगिताको फाइनल शनिबार हुने छ ।

मालिकादेवी कप भोलिदेखि (खेल तालिकासहित)

मालिकादेवी कपको चौथो संस्करण कात्तिक ५ बाट

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.