मालिकादेवी कप : चार टोली क्वाटरफाइनलमा
सिन्धुपाल्चोक-चौतारा साँगाचोकगढी नगरपालिका -७ मेलचौरमा जारी चौथो संस्करणको मालिकादेवी कपमा चार टोलीले स्क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन् ।
स्थानीय दरबारडाँडा मैदानमा मंगलबार भएका पाँच खेलबाट चार टोलीले अन्तिम आठको ढोका खोलेका हुन् । मंगलबार अन्तिम ३२ को एक र प्रिक्वाटर फाइनलका चार खेल खेलाइएको थियो ।
राई एपसी झापा, पोखरे युवा समाज इर्खु, धार्पा युवा क्लव बाह्रविसे र सुकुटे युवा जागरण मञ्च क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बुधबार प्रिक्वाटर फाइनलका चार खेल हुने छन् । यी खेलबाट चार बिजेता टोलीको टुंगो लागेपछि अन्तिम आठको समीकरण पुरा हुने छ ।
क्वाटर फाइनल प्रवेशका लागि बुधबार पहिलो खेलमा स्याउले टीम शिल्डबिरुद्ध वारियर्स एफसी भिड्दा अर्को खेलमा साँगाचोक युवा क्लव र सुनकोसी बीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै तेस्रो खेलमा चौतारा स्पोर्टिङ क्लव र सिंगमती युवा क्लव कुञ्चोकबीच प्रतिस्पर्धा हुँदा अन्तिम प्रिक्वाटर फाइनलमा रानिटार युवा क्लव र रोयल फेमेली चौतारा खेल्ने छन् ।
मंगलबार भएको पहिलो खेलमा रोयल फेमिलीले वडा नं. ८ इर्खुलाई ३-० गोलले हरायो । रोयल फेमेली डिफेन्डिङ च्याम्पियन पनि हो । अब उसले क्वाटरफाइनल प्रवेशका लागि रानिटार युवा क्लवसँग प्रतिस्पर्धा गर्ने छ । यो खेलमा वडा नं. ८ का गोलरक्षक सन्तोष गाहामगर म्यान अफ द म्याच चुनिए ।
मेलचौर युवा जागरण समाजको आयोजनामा जारी सेभेन ए साइड फुटबल प्रतियोगिता शनिबारसम्म चल्नेछ । प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी जित्ने छन् ।
सम्बन्धित समाचार
चौथो मालिकादेवी कप : पहिलो दिन चार टोलीको विजयी सुरुवात
मालिकादेवी कप भोलिदेखि (खेल तालिकासहित)
मालिकादेवी कपको चौथो संस्करण कात्तिक ५ बाट
दोस्रो खेलमा राई एफसीले सुनकोसी एबिरुद्ध ३-१ को प्रभावशाली जित निकाल्दा तेस्रो खेलमा पोखरे युवा समाजले आयोजक मेलचौर युवा जागरण समाजलाई पेनाल्टीमा ३ १ ले स्तब्ध बनायो । यी दुई टोलीबीच निर्धारित समयको खेल १ १ को बराबरीमा टुंगिएको थियो । राई एफसीका सनिल मगर र पोखरेका गोलकिपर सरोज महर्जन म्यान अफ द म्याच घोषित भए ।
गोलको वर्षा भएको दिनको चौथो खेलमा धार्पा युवा क्लवले इन्द्रावती सिर्जनशील समाजलाई ६-३ गोल अन्तरले पाखा लगायो । धार्पाका धार्पाका कृजल खड्का मगर म्यान अफ द म्याच भए ।
अन्तिम तथा पाँचौँ खेलमा सुकुटे युवा जागरण मञ्च पेनाल्टी सुटआउटमा सेतीदेवी युवा क्लव कुविण्डेलाई ४-२ ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो । सुकुटेका कृष्ण केसीले म्यान अफ द म्याच प्रदर्शन गरे ।
म्यान अफ द म्याच बनेका खेलाडीले नगद पुरस्कार १ हजार रुपैयाँसहित ट्रफी पाए । मेलचौर युवा जागरण समाजको आयोजनामा जारी सेभेन ए साइड फुटबल प्रतियोगिता शनिबारसम्म चल्नेछ । प्रतियोगिताको विजेताले १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी जित्ने छन् ।