मालिकादेवी कप भोलिदेखि (खेल तालिकासहित)
सिन्धुपाल्चोक–चौथो संस्करणको मालिकादेवी कप आइतबारदेखि चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरमा सुरु हुँदैछ ।
मेलचौर युवा जागरण समाजले आयोजना गरेको ७ए साइड फुटबल प्रतियोगिताको सबै तयारी पुरा भएको आयोजकले जनाएका छन् । प्रतियोगितामा विभिन्न २१ टोलीले सहभागिता जनाएको जागरण समाजका अध्यक्ष कृष्णबहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो संस्करणमा पूर्वेली क्लव झापाको राई ब्याइजले समेत भाग लिएको छ ।
मेलचौरस्थित दरवारडाँडा मैदानमा चल्ने प्रतियोगिताको पहिलो दिन चार खेल हुने छन् । बिहान ११ बजे प्रतियोगिताको उद्घाटन हुनेछ । त्यसपछि भीमटार ब्वाइज र सुकुटे युवाबीच उद्घाटन भिडन्त हुनेछ ।
दिउँसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय र सिंगमती युवा क्लवबीच प्रतिस्पर्धा हुँदा ३ बजे सिर्जनशील समाज विरुद्ध साँगाचोक युवा क्लवको प्रतिस्पर्धा हुनेछ । दिनको अन्तिम खेल अपराह्न सवा ४ बजे चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६ पीपलडाँडा र वारिअर्स फुटबल क्लब आपसमा भिड्ने छन् ।
कात्तिक १० गतेसम्म चल्ने प्रतियोगिताको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटाले उद्घाटन गर्ने जागरण समाजले जनाएको छ ।
प्रतियोगिताको विजेता टोलीले उपाधिका साथमा नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छ । उपबिजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार हात पार्ने छ ।
प्रत्येक खेलका म्यान अफ द म्याच र प्रतियोगिताकै उत्कृष्ट खेलाडी, गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई ट्रफीसहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको जागरण समाजका सचिव सविन दंगालले जनाए ।
यसअघि लगातार तीनवटा संस्करण सफलतापूर्वक आयोजना गरेको जागरण समाजले वर्षेनी पुरस्कार राशी बढाउँदै लगेको छ । यसले प्रतियोगिताको आकर्षण र लोकप्रियता बृद्धि गरिरहेको जागरण समाजका कोषाध्यक्ष खिलबहादुर दंगाल बताउँछन् । प्रतियोगितामा झण्डै १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
यस्तो छ खेलतालिका :
