Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. कला/मनाेरञ्जन
  3. भाइटीकाको शुभसाइत कात्तिक १८ गते ११:३७ बजे
 भाइटीकाको शुभसाइत कात्तिक १८ गते ११:३७ बजे
कला/मनाेरञ्जन समाचार समाज

भाइटीकाको शुभसाइत कात्तिक १८ गते ११:३७ बजे

by वरकाेबाेट संवाददाता October 28, 2024

काठमाडौँ-यस वर्षको भाइटीकाको शुभसाइत सार्वजनिक भएको छ ।

कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको साइत शुभ साइत जुरेको नेपाल पञ्चांग निर्णायक विकास समितिले सार्वजनिक गरेको हो । समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जानकारी दिए ।

उनका अनुसार पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने छ । नेवार समुदायले मनाउने किजापूजा (भाइपूजा) पनि कात्तिक १८ गते आइतबार नै गर्नुपर्ने समितिले जनाएको छ।

यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबार सुरु हुँदै छ। मंगलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने कात्तिक १४ गते बुधबार परेको छ।

कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती पनि बुधबार नै मनाइनेछ।

समितिको विज्ञप्तिअनुसार, कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ। कात्तिक १६ गते शुक्रबार औँशी परेको छ। त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले विज्ञप्तिमा उल्लेख छ।

कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ। यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको समितिले जनाएको छ।

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.