धार्पाले जित्यो चौथो मालिकादेवी कप

सिन्धुपाल्चोक-जिल्लाको लोकप्रिय नकआउट फुटबल प्रतियोगिताको चौथो संस्करणको मालिकादेवी कप धार्पा युवा क्लव बाह्रविसेले जितेको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा मैदानमा सुनकोसी गाउँपालिका वडा नं. ३ विरुद्ध ०–३ गोलको सहज जित निकाल्दै धार्पाले उपाधि उचालेको हो ।
पहिलो हाफमा १–० को अग्रता लिएको धार्पाले दोस्रो हापमा दुई गोल थप्दै सहज जितका साथ उपाधि पक्का गर्यो । खेलको म्यान अफ द म्याच भने सुनकोसीका गोलरक्षक आदेश सिवाकोटीले जिते । उनले नगद १ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए ।
पहिलो हाफमा १–० को अग्रता लिएको धार्पाले दोस्रो हापमा दुई गोल थप्दै सहज जितका साथ उपाधि पक्का गर्यो । खेलको म्यान अफ द म्याच भने सुनकोसीका गोलरक्षक आदेश सिवाकोटीले जिते । उनले नगद १ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए ।
बिजेता धार्पाले उपाधि मालिकादेवी कपसहित नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पायो । उपबिजेता सुनकोसीले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार हात पार्यो ।
प्रतियोगिताको व्यक्तिगत पुरस्कारमा धार्पाकै बर्चश्व रह्यो । धार्पाका सागर तामाङ प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । धार्पाकै सुशन श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र सागर लामाले उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । सर्वाधिक गोलकर्तासहित चौतारा स्पोर्टिङका सन्दीप कार्की उत्कृष्ट स्टाइकर चुनिए ।
सुनकोसीका आदेश सिवाकोटी उत्कृष्ट गोलरक्षक र मृगानकिरण सिंहले उत्कृष्ट डिफेन्डरको ट्रफी पाए। उनीहरुले जनही ३ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए ।
सेमिफाइनलसम्मको यात्रा गरेको झापाको राई एफसीले फेयर प्लेयरको उपाधि जित्यो । उसले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो ।
प्रतियोगिताका विजेता टोली तथा खेलाडीहरुलाई पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेत, चौतारा साँगाचोकगढी नगरपालिकाकी उपप्रमुख सीता थापा लगायतले ट्रफी, मेडल तथा नगद पुरस्कार बितरण गरेका थिए ।
मेलचौर युवा जागरण समाजको आयोजनामा सातासम्म चलेको सेभेन ए साइड फुटबल प्रतियोगितामा विभिन्न २१ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतिक्रिया