गौराति भीमेश्वर मेला शुक्रबार लाग्दै
चौतारा-सिन्धुपाल्चोकको प्रख्यात एवम् ऐतिहासिक गौराति भीमेश्वरको मेला शुक्रबार लाग्दै छ ।
राजधानी काठमाडौँदेखिको मध्यपूर्वमै चर्चित यो मेला हरेक वर्ष कात्तिक पूर्णिमाका दिन भव्य रुपमा लाग्ने गर्छ । पूर्णिमादेखि तीन दिन प्रतिपदासम्म तीन दिन चल्ने यो मेलाको अवधि पछिल्लो समय भने छोटिँदै आएको छ ।
सदरमुकामबाट चारकिलोमिटर उत्तरमा चौतारा साँगाचोकगढी नगरपालिका-६ गौरातिमा अवस्थित गौराति भीमेश्वरप्रतिको विश्वास जनमानसमा कहिल्यै नमेटिने खालको छ । केटाकेटी, युवायुवती, वृद्धवृद्धा सबैलाई भीमेश्वरले आकर्षित गरेका छन् ।
पूर्णिमाको दिन साँझ मन्दिरको चारैतिर अखण्ड दीप प्रज्वलन गरी नरनारीहरु रातभर जाग्राम बसेर भजनकिर्तनसहित भक्तिपूर्व भीमेश्वरको पूजाअर्चना गर्छन् । चौतारा पुरानो बजारबाट गुठीयारहरुले चौतारा भीमसेनको रथलाई सोही दिन राति गौराति पु¥याएर भीमेश्वरसँग मिलन गराउँछन् । यो रथलाई सन्दुरे यात्रा गरी पुनः चौतारामा ल्याई विधिवत रुपमा मेला विसर्जन गरिन्छ । यसरी फर्काइएको भीमसेनको रथमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला न्यायाधीशले बोको बली दिइ प्रशाद खुवाउने प्रचलन छ ।
मनोकांक्षा पूरा हुने, शक्ति प्राप्त हुने र पापबाट मूक्ति मिल्ने विश्वासका साथ जिल्लावासी तथा विभिन्न जिल्लाका हजारौँ भक्तजनहरुको गौराति भीमेश्वरको पूजाआजा गर्न घुँईचो लाग्छ ।
जिल्लाकै ठूलो मानिएको यो मेलाको अवशर पारेर सिन्धुपाल्चोकका शैक्षिक संस्थाहरुमा शुक्रबार स्थानीय पर्व विदा दिइएको छ । सदरमुकाम चौताराका नेवार समुदायले त परम्परालाई कायम राख्दै मेलालाई ठूलो चाडका रुपमा मनाउँदै आएका छन् ।
पूर्णिमाको दिन साँझ मन्दिरको चारैतिर अखण्ड दीप प्रज्वलन गरी नरनारीहरु रातभर जाग्राम बसेर भजनकिर्तनसहित भक्तिपूर्व भीमेश्वरको पूजाअर्चना गर्छन् । चौतारा पुरानो बजारबाट गुठीयारहरुले चौतारा भीमसेनको रथलाई सोही दिन राति गौराति पु¥याएर भीमेश्वरसँग मिलन गराउँछन् । यो रथलाई सन्दुरे यात्रा गरी पुनः चौतारामा ल्याई विधिवत रुपमा मेला विसर्जन गरिन्छ । यसरी फर्काइएको भीमसेनको रथमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला न्यायाधीशले बोको बली दिइ प्रशाद खुवाउने प्रचलन छ ।
साविक पीपलडाँडा गाविसमा पर्ने हालको गौराति डाँडामा भीमेश्वर उत्पत्ति भएको विश्वासका साथ पूजाआजा सुरु भएको किम्वदन्ती छ । गाइले राति दुध चढाएपछि त्यसडाँडाको नाम गौराति रहन गएको धार्मिक विश्वास रहिआएको छ । हालको गौरातीडाँडामा भर्खरै व्याएकी गाइले सधैं लुकेर दूध चढाउने गरेको र सो स्थानबाट दिश्वयस्वरुप प्रकट भई ‘मेरो पूजाआजा गरे भलो हुने’ बताएपछि भीमेश्वरको उत्पति भएको विश्वासका साथ पूजाआजा सुरु भएको मान्यता रहिआएको छ ।
२०५३ सालमा स्वर्गीय राजारानी विरेन्द्र र ऐश्वार्याले शिलाअनावरण गरेको सो मन्दिर चार सय ३९ वर्ष भन्दाबढी पुरानो मानिएको छ । यस वर्ष मेलालाई उत्सवकै रुपमा मनाउन विभिन्न सामाजिक संघसंस्थाले मन्दिर स्थललाई दुलही झैं सिंगारेका छन् ।
२०७२ वैशाख १२ गतेको बिनासकारी भूकम्पले महाकाली र सरस्वतीको मन्दिर भत्काएको थियो । स्वर्गीय पिता हरिप्रसाद अधिकारीको सम्झनामा तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी विश्व अधिकारीले करिव २ लाख रुपैयाँ खर्च गरेर दुबै मन्दिर दुरुस्तै नवनिर्माण गरेका थिए ।
पछिल्लो समय गौराति मन्दिर र आसपासका क्षेत्र आन्तिक पर्यटनको केन्द्र बनेको छ ।
तस्बिर : हाम्रो चौतारा
प्रतिक्रिया