Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. राजनीति
  3. संविधानका कतिपय व्यवस्था संशोधन गर्नुपर्छ– महामन्त्री थापा
 संविधानका कतिपय व्यवस्था संशोधन गर्नुपर्छ– महामन्त्री थापा
राजनीति समाचार

संविधानका कतिपय व्यवस्था संशोधन गर्नुपर्छ– महामन्त्री थापा

by मानकाजी तामाङ November 16, 2024

सिन्धु कांग्रेसको पार्टी कार्यालय भवन उद्घाटन तथा नेता त्रयको प्रतिमा अनावरण

चौतारा–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानका कतिपय व्यवस्था संशोधन गर्नु पर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकद्धारा सदरमुकाम चौतारामा नवनिर्मित बिपी अध्ययन केन्द्र भवनको शनिबार उद्घाटन गर्दै उनले संविधानकै त्यस्ता व्यवस्थाका कारण मुलुकले सोचेजस्तो गति लिन नसकेको धारणा राखे ।

‘अत्यधिक लोकप्रिय पार्टीले पनि हालको निर्वाचन प्रणालीका कारण बहुमत ल्याउन सक्ने छैन,’ नेता थापाले उदाहरण दिँदै थपे, ‘संविधानका त्यस्ता व्यवस्थाबारे सोच्नुपर्ने अवस्था आएको छ ।’

सत्ता गठबन्धनबारे बिचार राख्दै महामन्त्री थापाले कांग्रेस–एमाले मिलेर सरकार बनाउनुको औचित्य पुष्टि गर्नुपर्ने दोहो¥याए ।

सत्ता सहयात्री एमाले कांग्रेसको प्रतिस्पर्धी दल रहेको स्मरण गराउँदै उनले संविधान संशोधन र विधिको शासनको लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको प्रष्टोक्ती दिए । नेता थापाले कांग्रेसभित्र बृहत्तर एकताको खाँचो रहेकोसमेत औँल्याए ।

कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी बलियो रहेको सन्देश दिन सिन्धु कांग्रेस सफल भएको धारणा राखे ।

अर्को केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीलाई अझ एकतावद्ध बनाउनु पर्नेमा जोड दिए ।

नेता, कार्यकर्ताको आर्थिक सहयोगमा पार्टी कार्यालयको रुपमा कांग्रेसले साढे दुई तले बिपी अध्ययन केन्द्र भवन निर्माण गरेको हो । सोही अवसरमा महामन्त्री थापाले अध्ययन केन्द्र भवन अघि निर्मित स्वर्गीय नेताहरुको प्रतिमा अनावरणसमेत गरे ।

कांग्रेस संस्थापक बिपी कोइराला, भवन निर्माणको लागि जग्गा दान गर्ने पूर्वजिल्ला सभापति स्वर्गीय रोहिणीराज सिग्देल र भवन निर्माणको नेतृत्व गर्ने पूर्वसभापति स्वर्गीय विकास लामाको प्रतिमा बनाइएको हो ।

सो अवसरमा भवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने पूर्वसभापतिद्धय भूपेन्द्रबहादुर थापा, श्यामबहादुर श्रेष्ठ तथा आर्थिक सहयोग प्रदान गर्ने नेताहरु बंशलाल तामाङ, डा. प्रेमध्वज लामा, आइतमान तामाङ, दोर्जे लामा हाउडे, राजेन्द्र गोर्खाली, भूपेन्द्र थापा, आरएस भण्डारी लगायत सयभन्दा बढी नेता, कार्यकर्तालाई सम्मान गरिएको थियो ।

Tags: 1
Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.