Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. प्रथम प्रविण घले स्मृति कप : क्वाटरफाइनल समीकरण पूरा
 प्रथम प्रविण घले स्मृति कप : क्वाटरफाइनल समीकरण पूरा
खेल समाचार

प्रथम प्रविण घले स्मृति कप : क्वाटरफाइनल समीकरण पूरा

by वरकाेबाेट संवाददाता January 11, 2024

चाैतारा-प्रथम प्रविण घले स्मृति कप ७ ए साइड फुटबल प्रतियोगिताको अन्तिम आठको समीकरण पूरा भएको छ ।

चौतारास्थित टुँडिखेलको मिनिरंगशालामा बिहीबार भएको खेलमा सिन्धुपाल्चोक फुटबल क्लव लामोसाँघु र चौतारा फुटबल क्लबले जित हाँसिल गरेपछि क्वाटरफाइनल समीकरण पूरा भएको हो ।

प्रथम प्रविण घले स्मृति कप : सिएससीसहित चार टोली अन्तिम आठमा

दिनको पहिलो खेलमा लामोसाँघुले राइडर्स फ्यामिली चौतारालाई पेनाल्टीमा ३–० ले हरायो । यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो ।

दोस्रो खेलमा पछि परेको अवस्था उल्टाउँदै चौताराले रानिटार युथ क्लबलाई ३–१ ले पराजित ग¥यो । लामोसाँघुका गोलकिपर अतिप श्रेष्ठ र चौताराका सागर तामाङ म्यान अफ द म्याच भए । उनीहरुले नगद १ हजार रुपैयाँ र ट्रफी पुरस्कार पाए ।

प्रथम प्रविण घले स्मृति कप : पहिलो दिन दुई टोलीलाई सफलता

यसअघि चौतारा स्पोर्टिङ कलब (सिएससी), रोयल फेमिली चौतारा, इन्द्रावती गापा–३ कुञ्चोक, बाह्रदेवी बाह्रविसे, मेलचौर युवा जागरण समाज र गाती युथ क्लब अन्तिम आठमा पुगिसकेका छन् ।

प्रथम प्रविण घले स्मृति कप फुटबल मंगलबारदेखि

 

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.