Barkobot
Barkobot
  • गृहपृष्ठ
  • समाचार
  • समाज
    • शिक्षा
    • स्वास्थ्य​
    • अपराध / सुरक्षा
  • राजनीति
  • विचार
  • अर्थपाना
    • कृषि
    • पर्यटन
  • खेल
  • फोटो दृश्य
  • प्रश्नोत्तर
  • कला/मनाेरञ्जन
  • साहित्य
  • वरकाेबाेट विशेष
  1. Home
  2. खेल
  3. प्रथम प्रविण घले स्मृति कप : सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो
 प्रथम प्रविण घले स्मृति कप : सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो
खेल समाचार

प्रथम प्रविण घले स्मृति कप : सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो

by वरकाेबाेट संवाददाता January 12, 2024

चौतारा–प्रथम प्रविण घले स्मृति कप ७ए साइड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चारवटै टोलीको टुंगो लागेको छ ।

चौताराको मिनीष्शालामा शुक्रबार सम्पन्न क्वाटर फाइनलका चार खेलपछि अन्तिम चारको समिकरण पुरा भएको हो ।

बाह्रदेवी फुटबल क्लब बाह्रविसे, गाती युथ क्लब, सिन्धुपाल्चोक फुटबल क्लब र रोयल फेमिली चौताराले सेमिफाइलनमा स्थान बनाएका हुन् ।

पहिलो खेलमा बाह्रदेवीले मेलचौर युवा जागरण समाजलाई १–० ले हराउँदा अर्को सेमिफाइनलमा गातीले चौतारा फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित ग¥यो ।

इन्द्रावती–३ कुञ्चोकविरुद्ध सिन्धुपाल्चाेकले ०–१ को जित निकाल्दा चौताराका दुई घरेलु टोलीबीच निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक अन्तिम खेलमा रोयलले चौतारा स्पोर्टिङ क्लबलाई २–१ ले स्तब्ध बनायो ।

सेमिफाइनलका दुबै खेल शनिबार हुने छन् । दिउँसो साढे १ बजे बाह्रदेवी र गाती भिड्दा साढे ३ बजे रोयल फेमिली र सिन्धुपाल्चोक प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको उपाधि भिडन्त सोमबार हुने छ ।

लिल फङ (घले समाज) द्धारा आयोजित प्रतियोगिताको विजेताले १ लाख ५१ हजार १ सय ५१ रुपैयाँ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने छन्।

सम्वन्धित समाचार

प्रथम प्रविण घले स्मृति कप : क्वाटरफाइनल समीकरण पूरा

प्रथम प्रविण घले स्मृति कप : सिएससीसहित चार टोली अन्तिम आठमा

प्रथम प्रविण घले स्मृति कप : पहिलो दिन दुई टोलीलाई सफलता

प्रथम प्रविण घले स्मृति कप फुटबल मंगलबारदेखि

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Copyright © 2026 Qoxag. All Right Reserved.